काठमाडौं, ४ भदौं । मध्यम वर्गिय परिवारकी जोया फिलिपिन्सबाट काम खोज्न दुबई आईन । केएफसी (केन्टुकी फ्राइड चिकन) मा काम पनि पाईन । काम गर्दै गर्दा आफ्नै सहपाठी जीवनसँग माया बस्यो । जीवन दुव्र्यसनीको आरोपमा दुबईमा जेल परे । जोयाले आफ्नो २-३ महिनाको तलब खर्च गरेर जेल बाट छुटाउने प्रयास गरिन । जीवनलाई दुबइबाट डिपोर्ट गरिएसँगै जोया पनि एक महिने भिषामा नेपाल आईन । नेपालमा आएर विवाह दर्ता गरिनन, गर्न सकिनन अथवा जीवनले गर्न मानेनन । २ छोरालाई भने जन्म दिएर आमाको भूमिका निर्बाह गरिन । अहिले उनी जीवनको देशलाई छोडेर आफ्ना दुई नाबालक छोराहरुलाई लिएर फिलिपिन्स फिर्ता जादैछिन पैसा कमाएर फेरी नेपाल घुम्न आउने बाचा सहित । तर जाँदा जाँदै जोयाले भनेको २ वटा वाक्यहरु निकै मार्मिक र जीवन प्रतिको उनको मायामा कत्ति पनि ह्रास नआएको झझल्को दिने खालका छन, ‘टेक केयर अफ योर मम’ र ‘आई वील वेट फर यू ।’
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment