
शुक्रवार साँझ वालुवाटारमा प्रधानमन्त्री भेटन पुगेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले उक्त दबाब दिएका हुन्। दुवै नेताले सहमति अनुसार संसोधन प्रक्रिया अघि नबढाइएको भन्दै दुवै नेताले असन्तुष्टसमेत पोखेका छन्।
भेटमा सरकारका सहयोगी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित रहेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सल्लाह गरेर संविधान संसोधन प्रक्रिया अघि बढाइने जनाऊ दाहालले दिए पछि यादव र ठाकुरले पहिला कांग्रेस र माओवादी केन्द्रले साझा धारणा बनाएर प्रस्तुत हुन आग्रह गरेका थिए।
‘एमालेले के गर्छ ? अहिलेका लागि त्यो सरोकारको बिषय भएन, पहिला तपाईहरुले हाम्रा माग सम्वोधन गर्नका लागि के केमा राजी हुनुहन्छ, त्यो खुलाउनुहोस’ यादव र ठाकुरले एकै बोलीमा उक्त धारणा माग गरे पछि देउवाले सिंगापुरवाट फर्के पछि विस्तृतमा छलफल गर्ने जनाए।
सो भेट पछि शुक्रवारै देउवा सिंगापुरतर्फ लागे भने यादव शनिवार बिहान बर्दिवासतिर गएका छन । दुवै फर्के पछि विस्तृतमा कुराकानी गर्ने भन्दै दाहालले यादव र ठाकुरलाई थमथमाएका छन्। अध्यक्ष दाहालले संविधान संसोधन र निर्वाचन संवन्धी कानुन बनाएर भारत जाने तयारीमा रहेको बुझिएको छ।
0 comments:
Post a Comment