प्रधानमन्त्रीद्धारा अाकस्मिक राजिनामा ! देउबाको सपथ छिट्टै हुने,बिशेष दुत भारत पुगेको भोलिपल्टै किन भयो यस्तो ? (गाइजात्रा विशेष)

अाफ्नो सरकारबाट बिशेष दुतको रुपमा हिजो भारत पुगेका गृहमन्त्री बिमलेन्द्र निधिले भारतीय दबाब झेल्न गार्‍हो परेको भन्दै हिजो बेलुका नै प्रधानमन्त्रीलाई जानकारि गराएका थिए त्यसयता रातभर नसुति तनाबमा रहेका प्रधानमन्त्रीले बिहानै एक्कासि राजिनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको र काठमाडौंमा सुरक्षा खतरालाई ध्यानमा राखि प्रहरी परिचालन गरिएको पमका स्वकीय सचिब प्रकाश दाहललाई उधृत गर्दै गृहमन्त्रालयले जनाएको छ।

यससँगै अाज नेपालमा सार्वजनिक बिदा परेकाले अाईतबार सबेरै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सपथ खुवाउने सम्मको गोप्य भारतिय योजनाको प्रमाण स्वतन्त्रखबरले प्राप्त गरेको छ यसलाई राजनितीक वृतमा नेपालकै इतिहासमा पहिलोपटक यसरी खुलेअाम भारतिय हस्तक्षेपको रुपमा लिँदै विरोध जनाउन थालिएको छ।

त्यसपश्चात स्वतस्फूर्त रुपमा जनता सडकमा उर्लिएका छन।यस अपुष्ठ समाचारबारे काठमाँडौमा रहनुभएका बिशेष सम्बाददाता केशव प्रशाद पाण्डेलाई सोध्दा काठमाडौंमा गाईजात्रा मनाउन सर्वसाधारण सडकमा अाएको साँचो र समाचार “गाइजात्रा बिशेष हाँसिमजाक” भएकाले कसैको जिबनसंग मेल खान गएमा संयोगमात्र हुने बताउनुभयो । स्वतन्त्रखबर बाट

-
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment