प्रचण्डसँग भारतले राख्यो अर्को शर्त, मानेमात्रै सम्बन्ध सुधार हुने

काठमाडौं, ३१ साउन - भारतले नेपालसँग थप सम्बन्ध सुधारका लागि दुई शर्त अघि सारेको छ । भारतीय मिडियाका अनुसार संविधान संशोधन र पहिला भारतीय राष्ट्रपतिको भ्रमणको वातावरण मिलाए सम्बन्ध सुधार हुने शर्त भारतीय संस्थापन पक्षले राखेको हो।

यसो भएमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी चिनियाँ राष्ट्रपति शी जिन पिङभन्दा अघी नै नेपाल आउनेछन् र नेपालका राष्ट्रपतिको पहिलो भ्रमण भारतबाट हुनेछ। चर्चित पत्रिका द इकोनोमिक्स टाइम्सले भारत सरकार एक उच्च अधिकारीलाई उद्धृत गर्दै नेपालले भारतीय आसय बुझेमा भारतीय राष्ट्रपतिको भ्रमण हुनसक्ने र त्यसले सम्बन्ध सुधार हुने उल्लेख गरेको छ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी भएको वर्षगाँठमा भारतीय राष्ट्रपतिलाई प्रमुख अतिथि बनाउन चाहेको र नेपालमा मधेशीहरुको माग बमोजिम संविधान सम्बोधन भएमा प्रणव मुखर्जी नेपाल आउन सक्ने समाचारमा जनाइएको छ।

१९ वर्ष यता भारतका कुनै पनि राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन् । प्रणव मुखर्जी नेपाल आएमा उनी सन् १९९७ पछि नेपाल आउने पहिलो भारतीय राष्ट्रपति बन्नेछन् । आगामी अक्टोबरमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावना रहेको छ । उक्त भ्रमण अघि नै भारतबाट उच्चस्तरीय भ्रमण गराउने पक्षमा भारत छ।
- See more at: http://dcnepal.com/news/news.php?nid=228733#sthash.EZYbMZil.dpuf
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment