पाेखरा, २ भाद्र - प्रहरी सेवाभित्रै कार्यरत एक जुनियर अफिसरकी पत्नी सीता श्रेष्ठले पतिमाथि हातपात गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख (एसपी) घनश्याम अर्यालविरुद्ध मानवअधिकार आयोगमा उजुरी गरेकी छन् । उनी प्रहरी सहायक निरीक्षक (असई) कमलप्रसाद श्रेष्ठकी पत्नी हुन्।
संगठनका लागि २४ वर्ष बिताएका पति कमललाई एसपी घनश्यामले आफ्नै आँखा अगाडि ३ मुक्का हानेको आरोप सीताले लगाएकी छन् । सीताले न्यायका लागि मानवअधिकारवादी संस्था इन्सेकलाई पनि गुहारकी हुन् । कुनै कसुरै थिएन, सीताले समाधानसँग भनिन्, हाम्रो कुरै नसुनी एसपीसाबले उल्टै मेरो श्रीमानलाई कुट्नु भयो।
कमलको दाहिने कानमा समस्या रहेको उनले बताइन् । केही वर्षअघि दाहिने कानमा अप्रेसन गरेको हो, उनले भनिन्, एपसी सापले टाउकोमै मुड्कीले हानेपछि म आत्तिँदै छेक्न गएँ । टाउकोकै समस्या भएको मान्छेलाई त्यसरी कुट्नु अन्याय भएको उनले बताइन्।
घटना साउन ३२ गतेको हो । असई कमललाई एक महिलाको विषयलाई लिएर एसपी अर्यालले डाकेका थिए । कमल पत्नी सीतालाई लिएर एसपी अर्यालको कार्यकक्ष पुगे। सीताको हातमा कागजात थियो । एसपी साबले बोलाएपछि कमल र सीता सोझै अर्यालको कार्यकक्ष प्रवेश गरे।
हामी ढोकाबाट के प्रवेश गरेका थियौं, तँलाई अफिसर कसले बनायो ? भन्दै एसपी अर्यालले कमललाई मुड्क्याउनु भयो, सीताले समाधानलाई सुनाइन्, उहाँको गल्ती छैन भन्दै एपसी सापलाई कागजात देखाउन खोजे । तर एसपी साबले त्यो कागजात नहेरी मुक्का थप्नुभयो।
त्यसपछि यो आइमाईलाई बाहिर लैजा भनेर एसपीले आदेश दिएपछि केही प्रहरी आएर आफूलाई समातेर कार्यकक्ष बाहिर ल्याएको पनि सीताले बताइन्। उनलाई समातेर ल्याउने प्रहरीलाई समेत उनले कागजात देखाइन् । तर सुनुवाइ हुने कुनै लक्षण आएन।
त्यसपछि मानवअधिकार संस्थामा उजुरी गर्नु पुगेको सीताले बताइन् । ‘पहिला त आफ्नै संगठनभित्रबाट न्याय खोजेका हौं, तर हाम्रो कुरै नसुनी मुक्का खानु परेपछि अन्त जानुको विकल्प भएन, सीताले भनिन्।
सीताका अनुसार कमलकी कान्छी पत्नी भनेर आउने महिलाका कारण एपसी आर्यालले कुटपिट गरेका हुन् । ‘हेटाैडा नगरपालिका–७ मकवानपुकी शोभा श्रेष्ठले आफ्नो छोराको नागरिकता बनाइदिनु पर्यो भनेर एपसीकहाँ आएकी रहिछ, उनले भनिन्, यस विषयमा एकोहोरो कुरा सुनेर एसपी साबले मेरो पतिलाई त्यसरी मुड्क्याउन मिल्छ?
कान्छी पत्नीले कमलको आधा तलब समेत खाँदै आएको उनले बताइन् । सीताका अनुसार कमलकी कान्छी पत्नी हुँ भन्ने दाबा मकवानपुरकी शोभा श्रेष्ठले गर्दै आएकी छन् । शोभा आइजिपीको मान्छे रहिछे, उनले भनिन्, त्यही भएर हाम्रो कुरा सुनुवाइ भएन।
गल्ती भए कानुनी बमोजिम कारबाही हुनुपर्ने तर्क सीताको थियो । मेरो पतिकै कसुर भए पनि हिरासतमै राखेर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने होइन ? उनले प्रश्न गरिन्, न्याय दिने निकायको प्रमुखलेनै त्यसरी हातपात गर्नु कहाँसम्मको लाज मर्दो कुरा हो?
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एपसी घनश्याम अर्यालले आफूले हातपात नगरेको समाधानलाई बताए । कमल श्रेष्ठको कान्छीश्रीमतीले १७ वर्षीय छोरोको नागरिकता ननिकाल्दिएको भन्दै कार्यालय आएको हुनाले कमललाई सोधपुछका लागि बोलाइएको थियो, उनले भने।
कार्यालय प्रमुख भएका नाताले मातहतका प्रहरीको गल्ती लुकाउन नहुने एसपी अर्यालले बताए । मैले कमललाई बोलाउँदा तुरुन्तै हाजिर हुन पर्नेमा आलटाल गरी घन्टौंपछि बल्ल आयो, त्यो पनि जेठी पत्नी र छोरालाई साथी लिएर, उनले भने, भनेको नमानेपछि मैले चर्को स्वर गरेको हुँ तर हातपात गरेको समाधान दैनिकले खबर छापेको छ।
Home / insurance n education
/ एसपी अर्यालले कार्यकक्षमै मुक्का हानेपछि न्याय माग्दै आयोग पुगे असई कमलप्रसाद -
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)


0 comments:
Post a Comment