फेसबुकले आपत् पारेपछि ज्योती मगर पुगिन् प्रहरी चौकी

काठमाडौं, २ भदौ ।गायिका ज्योती मगर कसैले आफ्नो फेसबुक हृयाक गरेर अश्लील सामग्री पोष्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेकी छिन् ।
गायिका मगरले बुधबार दिउँसो टेकूस्थित महानगरी प्हरी अपराध महाशाखा पुगेर आफ्नो फेसबुक अकाउन्ट हृयाक गरी प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्ममा अश्लील फोटो पोष्ट भएकाले अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेकि छन् ।
हृयाकरले अश्लील सामग्री पोष्ट गर्ने तथा जथाभावी म्यासेज पठाएर अनफ्रेन्ड तथा ब्लक गर्न थालेपछि उनी कारबाहीका लागि प्रहरी शरणमा पुगेकी हुन् ।
गायिका मगरले हृयाकरलाई कारबाही गर्न अनुरोध गर्दै उजुरीसमेत दिएकी छिन् । कार्यक्रमदेखि सामाजिक संजालसम्म राम्रो  फ्यान बनाएकी ज्योती केही समयअगाडि नै फ्यान पेज बन्द भएपछि व्यक्तिगत फेसबुक चलाउँदै आएकी थिइन् ।आजको नेपालसमाचार पत्र दैनिकमा खबर छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment