दमकःनेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आयोजक समितिमा परेका झापाका ४५ जना नेताहरुले एकैसाथ सामुहिक राजिनामा दिएका छन् ।
यसले माओवादी केन्द्रको झापा भित्र हलचल मच्चाएको छ । राजिनामा दिनेहरुमा पुरुषोत्तम चुँडाल, (राजु) , दुण्डीराज गुरागाइँ ( चन्दु) , प्रकाश भण्डारी ( सञ्जोग ) , उमेश अधिकारी, श्यामदेव लिम्बु ( सौभाग्य) अग्नी दाहाल, अनिषा झाँगड (बन्दना ) रेवतराज पुरी (गगन) लगायत रहेका छन् । दश बाम घटक बिचको एकता पछि केन्द्रमा २४ सय भन्दा बढी र झापा जिल्लामा ६ सय ८६ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी बनेको छ । जिल्ला कमिटीमा भने १३ जना पछि थप गरिने बताइएको छ ।
शनिबार विर्तामोडमा भएको एकता भेलाले पार्टीको जिल्ला इञ्चार्जमा झलकसिंह दर्लामी, सहइञ्चार्जमा राजु आचार्य र संयोजकमा विजय साम्पाङलाई जिम्मेवारी तोकेसंगै सम्मेलनपछि पार्टी अध्यक्ष को बन्ने भन्ने मात्रै भित्र भित्रै बहस चलेको छैन केन्द्रको राष्ट्रिय सम्मेलन आयोजक कमिटीमा परेका ४५ जना झापाली माओवादी नेताहरुले सामुहिक रुपमा राजिनामा दिएका छन् ।
पार्टीका पोलिटब्युरो सदस्य एवम् प्रदेश नं १ का इञ्चार्ज राम कार्की पार्थको प्रमुख आतिथ्यमा शनिबार भएको जिल्ला भेला लगत्तै झापाबाट राष्ट्रिय सम्मेलन आयोजक समितिमा परेका तत्कालिन एमाओवादीका नेताहरुले पार्थ र पार्टी अध्यक्ष प्रचण्डलाई सम्बोधन गरि केन्द्रीय कार्यालयमा सामुहिक राजिनामा दिएका हुन् । उनीहरुले आज दिउँसो विर्तामोडमा सामुहिक रुपमा पत्रकार सम्मेलन गरि राजिनामाबारे जानकारी दिन लागेका समाचार स्रोतले जनाएको छ ।
पछिल्लो पटकको एकताका क्रममा पार्टीमा धेरै कनिष्टहरुले पनि उच्च तहको जिम्मेवारी पाएको भन्दै असन्तुष्ट बनेका नेताहरुले राजिनामा दिएका बताइएको छ । झापामा बनेको कमिटीमा तत्कालिन एमाओवादीबाट ४५०, वादल समुहबाट २ सय जना, विप्लव नेतृत्वको माओवादीबाट १२ जना मणि थापाको नेतृत्वमा रहेको पार्टीबाट ५ जना, मातृका यादव नेतृत्वबाट ५ जना, वामपन्थी एकता मञ्चबाट ५ जना सहित समावेश गरिएका छन् । नेता कार्कीले केही दिन भित्रै पार्टीको केन्द्रीय समितिलाई मापदण्ड बनाएर सीमित गरिने बताएका छन् ।

0 comments:
Post a Comment