झापा, ३ भदौ - प्रहरीले झापाको बिर्तामोडमा सञ्चालित विभिन्न ५ होटलबाट सञ्चालक सहित ९ पुरुष र १२ महिलालाई अनैतिक कार्य गर्दा गर्दै नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामेडको संयुक्त टोलीले होटल सञ्चालक सहित २१ जनालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ । बिर्तामोडमा लामो समयदेखि यौन जन्य गतिविधि हुँदै आएको जनगुनासो बढेसंगै प्रहरीले छापा मारेर उनीहरुलाई अनैतिक कृयाकलावमा सम्लग्न भएकै अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरि शर्माले जानकारी दिनुभयो।
बिर्तामोडमा नाम चलेका होटलले नै केटी राखेर यौन धन्दा सञ्चालन गर्ने गरेको गुनासो बढेसंगै प्रहरीले छापा मारेर उनीहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अर्किड, दोभान, सिक्किम, नेवारी र मनिला होटलबाट उनीहरुलाई यौन क्रिडामा सम्लग्न भएकै अवस्थामा रंगेहात पक्राउ गरिएको हो।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment