भारतको सिमलामा एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं १० भदौ । भारतको सिमलामा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । घटना गत आइतबार रातिको हो । तर, प्रहरीले शुक्रबारमात्रै घटनाबारे जानकारी दिएको हो । हिमाञ्चल प्रदेशमा पर्ने सिमलाको बन्द्राली गाउँमा घनघोर पानी परेको र पहिरोमा पुरिएर एकै परिवारका पाँच नेपालीको मृत्यु भएको इण्डो एसियन न्यूज सर्भिसले जनाएको छ । मृत्यु हुनेमा नेपाली नागरिक लछिराम, उनकी श्रीमती र तीन जन बच्चा रहेको समाचारमा उल्लेख छ । तर, उनीहरुको नेपालको ठेगाना भने उल्लेख छैन । लछिराम परिवारका सदस्यसहित अस्थायी टहरोमा त्यहाँ बस्दथे र स्याउको बगैंचामा काम गर्दथे । अविरल वर्षा र पहिरोले स्याउ बगैंचा ध्वस्त भएको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment