सपथ लिएपछि स्वास्थ्यमन्त्री गगन थापाले के भने ? प्रतिबद्धता सुनेर कर्मचारी खुसी

काठमाडौं, १० भदौ । नवनियुक्त स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रको सुधारका लागि उच्च नैतिकता र सम्पूर्ण क्षमता देखाउने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रपतिबाट सपथ लिएपछि शुक्रबार पदभार ग्रहण गर्ने क्रममा एक मिनेट बोलेका थापाले आफूप्रति रहेको अपेक्षा र चुनौती महशुस गरेको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन गर्न मन्त्री भएको बताए ।
आफू असफल भए सिंगो पुस्ताप्रतिकै विश्वास गुम्ने बताउँदै उनले ‘मप्रतिको विश्वास भनेको एउटा पुस्ताप्रतिको विश्वास हो । त्यसैले मैले त्यो विश्वास तोड्नुहुन्न’ भन्दा खुसी हुँदै कर्मचारीले तालिको वर्षा गरेका थिए ।
आफूले पाएको जिम्मेवारी सामान्य जिम्मेवारी नभएको आफूलाई हेक्का रहेको भन्दै उनले त्यसलाई पूरा गर्न सम्पूर्ण क्षमता देखाउने दाबी गरे । आफ्नो असफलता व्यक्तिगत नभइ पूरै पुस्ताप्रतिको हुने भएकाले पनि सम्पूर्ण इमान्दारिता निर्वाह गर्नेमा उनले जोड दिए ।
आफूले गर्ने कामको लिस्टिङ नगरेको बताउँदै मन्त्री थापाले सत्यका पक्षमा उभिने प्रतिबद्धता जनाए ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment