बिर्तामोड : बिर्तामोडस्थित वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पीटल एण्ड रिसर्च सेन्टर प्रा.ली. ले हस्पिटलमाथि विभिन्न व्यक्तिहरुबाट आक्रमण प्रयास भइरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको छ। हस्पिटलको तर्फबाट कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले आज बुधबार विज्ञप्ति जारी गरी प्रशासनको ध्यानाकर्षण, त्यस्ता व्यक्ति उपर निगरानी, छानबिन र कार्वाहीको माग गरेका छन्।
तत्कालिन अनारमनी ८ विर्तामोड घर भई हाल स्थायी रुपमा अष्ट्रेलियामा नै बसोबास गर्दै आएका कृष्णकुमार गिरीको योजनामा विभिन्न अपरिचित तथा संकास्पद व्यक्तीहरु वी एण्ड सी अस्पताल भित्र अनावश्यकरुपमा पठाउने, हो हल्ला गर्ने गराउने, अस्पताल तोडफोड गर्ने गराउने, यसका संचालकहरु उपर सांघातिक आक्रमण गर्ने गराउने षडयन्त्र भइरहेको सूचना प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।
द्यलम अविगतमा विभिन्न आरोपमा तत्कालिन माओवादी पार्टीको भातृ संगठन वाइसिएलको आक्रमणमा परेर सोही कारण देखार्ई कागजात तयार गरि गराई स्थायी रुपमा अष्ट्रेलियामा नै बसोबास गर्दै आएका कृष्णकुमार गिरी, निरोज गिरी, नविन गिरी लगायतका व्यक्तीहरु केहि दिनदेखि झापामा आएको जनाइएको छ ।वी एण्ड सीका साविकका संचालक रामबाबु गिरी र कृष्णकुमारको परिवारवीच विगतमा अंश विवाद भएता पनि हाल उनीहरुसंग यस प्रा.ली. तथा यसका संचालकहरुको कुनै केही सम्बन्ध तथा सरोकार नरहेको विज्ञप्तिमा उल्लेख छ।
उनीहरुसहित विभिन्न पक्षबाट वी एण्ड सी र त्यसका संचालकहरुका बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न मन्त्रालय, प्रहरी प्रशासन, कर्जा प्रदान गर्ने बैंकहरु लगायत विभिन्न निकायहरुमा झुठा उजुरी, निवेदन हाली अनावश्यक दुःख तथा विभिन्न किशिमका धाकधम्की दिदै आएकोले आफूहरु पीडित भएको जनाइएको छ।
विभिन्न व्यक्तीहरु परिचालन गराई वी एण्ड सी अस्पतालको भौतिक संरचना तथा चलअचल सम्पत्तीमा क्षति पुर्याउने, अस्पताल संचालनमा बाधा व्यवधान सृजना गराउने तथा हस्पिटलका संचालकहरु उपर आक्रमण गराउने भनि प्रचार गरेको जानकारी प्राप्त भएको भन्दै तत्काल निजहरुको गतिविधिहरु उपर निगरानी गर्न, छानबिन गर्न वी एण्ड सी अस्पतालले प्रहरी प्रशासन समक्ष अनुरोध गरेको छ।
Home / insurance n education
/ झापाको वि एण्ड सी हस्पीटलमा आक्रमणको प्रयास : प्रशासनले दियो कडा चेतावनी
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment