यस्तो समयमा हुन्छ महिलालाई तिब्र यौन चाहना अनि सहबासको लागि सहि समय

भाद्र-५, पुरुष सेक्सका लागि जतिसुकै बेला तयार हुने भए पनि महिलाको लागि विशेष समयको आवश्यकता पर्छ । विभिन्न अध्ययनले देखाएको निष्कर्ष अनुसार महिलामा महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौन इच्छा बढी हुने गर्छ ।

पुरुष प्रतिको आकर्ष र यौन इच्छा समेत यही समयमा बढी हुने गर्दछ । यो समयमा भएको सेक्समा
महिलाहरुले अत्याधिक आनन्दको महसुस समेत गर्ने गर्दछन् । पुरुषले सेक्सको लागि विशेष समयको आवश्यकता महसुस गर्दैनन् ।

पुरुषलाई जुनसुकै समय भए पनि सेक्स आनन्द पाप्त हुन्छ भने महिलाको लागि सेक्स आनन्द प्राप्तिका लागि विशेष समय चाहिने कुराको पुष्टि जर्मन अनुसन्धानकर्ताहरुले गरेका हुन् । केही समय अघि जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले महिलाले सेक्सका लागि समय पर्खने निष्कर्ष निकालेका हुन् । अनुसन्धानकर्ताहरुले एक हजार महिलामा गरेको अनुसन्धानबाट यस्तो निष्कर्ष सार्वजनिक गरेका हुन् ।

अनुसन्धानकर्ताले कुन समय सेक्स गर्ने इच्छा बढी हुन्छ र कुन समयमा बढी आनन्दको अनुभूति हुन्छ ? लगायतका प्रश्न सोधेका थिए । अनुसन्धानमा संलग्न महिलाहरुले महिनावरी पुरा भएपछिका पाँच देखि सात दिनमा विशेष यौन इच्छा हुने बताएका थिए । - एजेन्सी
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment