‘सुर्के थैली…’ बोलको गीत एक करोडले हेरे, बन्यो नयाँ कीर्तिमान

काठमाडौं, ९ भदौ । रिलिज भएको एक वर्षपछि पनि दीपकराज गिरीको वडा नम्बर ६ को ‘सुर्के थैली…’ बोलको गीत एक करोड पटक हेरिएको छ । नेपाली चलचित्र संगीतको इतिहासमा युट्युबमा कुनै पनि गीत एक करोड पटक हेरिएको यो नै पहिलो पटक हो । बिहीबार बिहानसम्म एक करोड १७ सय २ पटक हेरिएको युट्युबले आधिकारिक रूपमा जनाएको छ । उज्ज्वल घिमिरे निर्देशित वडा नम्बर ६ गत वर्ष असोजमा रिलिज भएको थियो । सुर्के थैली बोलको गीतमा प्रियंका कार्की, दयाहाङ राई, दिपकराज गिरी, केदार घिमिरेलगायतले नृत्य गरेका छन् । चलचित्रको गीतमा संगीत राजनराज सिवाकोटीले दिएका छन् । सुर्के थैली बोलको गीत अञ्जु पन्त र राजनराज सिवाकोटीले गाएका छन् । एक करोड बढीले गीत हेरेपछि निर्माता दीपकराज गिरी दंग देखिएका छन् । उनले बिहीबार बिहान फेसबुकमा स्टाटस लेखेका छन्, ‘आज एउटा इतिहास रच्यो यो गीतले, आधिकारिक रूपमा १ करोड पटक हेरियो….., सबै दर्शक, स्रोतालाई धन्यबाद… संगीतकार गायक गायिकालाई हार्दिक बधाई….जय छक्का पन्जा ।’ दीपकराजले निर्माण गरेको तेस्रो चलचित्र छक्का पञ्जा यही भदौमा रिलिज हुँदैछ । चलचित्रमा भएको पूर्व–पश्चिम रेल पनि युट्युबमा लोकप्रिय भएको छ । जुन गीतलाई अहिलेसम्म २४ लाख बढी पटक हेरिएको छ
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment