जोयाका दुई सन्तानको सम्पुर्ण पढाइ खर्च ‘नेपाली समुदाय युएईले’ बेहोर्ने

तर नेपाल सरकारले उनले पाउने अधिकार दिलायर जीवन थापालाई कारबाही गर्नुको सट्टा उनलाई खालि हात फिलिपिन्स फर्कायो। उनिहरुको बिबाह दर्ता नभएको कारणले जिबन थापालाई कारबाही र उनलाई अधिकार दिलाउन नसकिएको कुरा उनलाई उद्घार गरेको सस्था आदर्श गृहले बताएको छ। दुइ चार पैशा कमाउन भनेर दुबई आएको एउटा नारि दुइटा बच्चा लिएर घर फर्किनु पर्दा पक्कै पनि उनको गुजारा सजिलो छैन। यस्तो अफ्ठेरो परिस्थितिमा पनि जोयाले परिवार र नेपालीहरुलाई धेरै धेरै माया भनेर बिदा भइन।

यस दुखद घटनाले युएईमा काम गर्ने नेपालीलाई मर्माहत बनायो र कुनै पनि बिदेशी चेलीले नेपाल र नेपाली प्रति नकारात्मक सोच नराखून भन्ने उद्देश्यले बिगत एक बर्ष देखि युएईमा मानव सेवा गर्दै आयको, ‘नेपाली समुदाय युएई’ले जोयाको दुइ सन्तानलाई माध्यमिक तह सम्मको सम्पुर्ण पढाइ खर्च ब्यहोर्ने र त्यसको लागि कोष खडा गर्ने बतायको छ। साथै आगामी दिनमा नेपालमा यस्ता खालका कुनै घटना नदोहोरियोस र यस्ता अपराध गर्ने माथी कडा कारबाही होस भनेर सरकारलाई झकझक्याउन हस्ताक्षर अभियान सुरु गर्ने र साठी दिन भित्र नेपाली दूतावास युएई र रास्टपति बिध्या देबि भण्डारीलाई बुझाउने कुरा समुदायका अध्यक्ष बिदुर रावतले जानकारी दिनुभयो।


जोयाको हालको ठेगाना पत्ता लगाउन र यो बिषयमा उनी संग बिस्तृत कुराकानि गर्नको लागि समुदायका अध्यक्ष रावत छिट्टैनै नेपाल जाने पनि बताउनु भयो। यसका साथै समुदायको शुक्रबार बसेको बैठकले प्रदेशमा कामको सिलसिलामा ज्यान गुमाएका गरिब नेपालीका छोराछोरीहरुलाई निशुल्क शिक्षा उपलब्ध गराउने कार्ययोजना समेत अगाडि सारेको छ। यसका लागि नेपालमा मानव सेवामा कार्यरत सस्था ‘रक्षा नेपाल र पौरखी नेपाल’ संग सहकार्य गरेर अगाडी बढ्ने समुदायले बतायको छ।

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment