ramchandra

काठमाडौं २८ साउन |चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समितीले साउदी अरबको सडक यातायात दुर्घटनामा परी पाकिस्तानी नागरिकको मृत्यु पश्चात जेल जीवन बिताइरहेका काभ्रे जिल्ला कुशादेबी गाबिस वडा न २ का रामचन्द्र तिमिल्सिनालाइ बचाउन‘रामचन्द्र तिमिल्सिना बचाऊ अभियान’ केहि दिन अघि शुरु गरेको थियो ।साउदी को कानुन अनुसार मृत्युदण्डको सजाय तोकिएको हुँदा तिमिल्सिनालाई बचाउन सो अभियान शुरु गरिएको हो | २० दिने रामचन्द्र तिमल्सिना बचाउ अभियान लाई विभिन्न देशबाट सहयोग उठाउने सिलसिला जारी रहेको र आज उक्त रकम चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितीको अभियानमा , चितवन समाज इजरायलबाट उठेको ५ लाख ५० हजार रकम अन्तर्राष्ट्रिय समन्वय समिती द्वारा रामचन्द्र की श्रीमती सरिता तिमिल्सिनालाइ प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रि दलजित सिर्पालीले हस्तान्तरण गरेका थिए | इजरायलमा २० दिने अभियानमा इजरायलका बिभिन्न ठाउँ बाट अभियान कर्तालाई आफुले सहयोग गर्न चाहेको रकम टिपाए पनि सबै रकम नउठेको हुदा उक्त रकम चितवन समाजकी अध्यक्ष शान्ता ज्ञवाली अधिकारी मार्फत रकम उपलब्ध गराईएको जानकारी चितवन समाज इजरायलका महासचिव नयन सापकोटाले लाइटनेपाल डटकम लाइ जानकारी गराएका छन | महासचिव नयन सापकोटाले भने यो अनुमानित रकम हो बाँकि रकम उठ्दै गरेको हुदा उक्त रकम लाइ फेरी पछिल्लो अपडेटमा सम्पूर्ण हिसाबकिताब राख्ने जानकारी गराए | आज काठमाडौं कमालादी स्थित एबिसी टेलिभिजनको कार्यालयमा एक इन्द्रेणीमा प्रत्यक्ष् प्रसारण मार्फत बिभिन्न संघ सस्थाका ब्याक्तिहरु ,चितवन समाजका प्रतिनिधिहरु ,समाजसेवी, गायक तथा संगीतकार नारयण रायमाझी र पत्रकारहरुको उपस्थितिमा कार्यक्रम गणेस ढकाल र इन्द्रेणी कार्यकमका संचालक कृष्ण कडेलको संयोजकमा पिडितको श्रीमतीलाइ हस्तान्तरण गरिएको थियो | यस कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरु लाइ चितवन समाज इजरायलको अध्यक्ष शान्ति ज्ञवाली अधिकारीले हामी मार्फत हार्दिक धन्यवाद ज्ञापन गरेकी थिइन् | उक्त कार्यक्रमको भिडियो तल हेर्न सक्नु हुन्छ |
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment